
काठमाडौँ । नेपालमा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३८ जना पुरुष र २७० जना महिला गरी ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६३९६ रहेको छ । क्वारेन्टीनमा ३६५ जना रहेका छन् ।
देशभरको प्रयोगशालामा गत २४ घण्टामा ६ हजार १३५ पीसीआर परीक्षण भएको छ । हालसम्म भने १९ लाख २१ हजार ३६७ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
