मंगलबार गण्डकीमा थप २६ जनामा कोरोना पुष्टि, ६१ निको भए

Share:

पोखरा । मंगलबार गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार कास्कीका २५ र बाग्लुङका १ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४४७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा गण्डकीबाट ६१ जना निको भएका छन् । यो सँगै, प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार २१९ पुगेको छ भने ।

हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७ रहेको छ ।

कोरोना संक्रमणका कारण गण्डकीमा हालसम्म १९१ जनाको मृत्यु भइसकेको छ ।

निर्देशनालयका अनुसार गत २४ घन्टामा प्रदेशभरको प्रयोगशालामा ४३६ परिक्षण भएको छ भने हालसम्म १ लाख २० हजार १८२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: