भारतमा थप २० हजार ५२९ जनामा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा थप २० हजार ५२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ४५ हजार ३२६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९८ लाख ३३ हजार ३३९ जना निको भएका छन् । गत २४ घण्टामा २६ हजार ५७२ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २८५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ४७५ पुगेको छ ।

हाल भारतमा २ लाख ६३ हजार ५१२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वमै सबैभन्दा धेरै कोरोना फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: