बुधबार कास्कीका ६० सहित गण्डकीमा थप ८८ जनामा कोरोना पुष्टि, ८२ संक्रमणमुक्त

Share:

पोखरा । बुधबार कास्कीका ६० सहित गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ६० जना रहेका छन् । ती मध्ये मादी र माछापुच्छ्रे गाउँपालिकाका एकएक जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका १३ जना, तनहुँ र गोरखाका ६/६ जना, बाग्लुङ, म्याग्दी र स्याङ्जाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५२९ पुगेको छ ।

यसैगरी गत २४ घण्टामा प्रदेशभरबाट ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या १३ हजार ३०१ पुगेको छ ।

हाल प्रदेशभर १०३७ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा प्रदेशभरको प्रयोगशालामा २५२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २० हजार ४३४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: