
पोखरा । नेपाली बजारमा सुनचाँदीको मुल्य आज (बिहिबार) घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रति १ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।
बुधबार सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
