कोरोनाले पोखरामा थप एक महिलाको मृत्यु

Share:

पोखरा । कोरोना (कोभिड–१९) संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा–२ की ५८ वर्षीया संक्रमित महिलाको बिहीबार (आज) बिहान ७ः३५ बजे फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा बुधबार मात्रै कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: