
पोखरा । आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।
आज नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
विगतका वर्षमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी अंग्रेजी नयाँ वर्ष मनाउँदै आएकोमा यस वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमका कारण भीडभाड हुने कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।
कमेन्ट गर्नुहोस्
