
पोखरा । छिमेकी मुलुक भारतमा थप १९ हजार ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २ लाख ८६ हजार ३२९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २४४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार १८ पुगेको छ ।
हालसम्म भारतमा ९८ लाख ८१ हजार ७८६ जना निको भएका छन् । गत २४ घण्टामा २२ हजार २४ जना संक्रमणमुक्त भएका हुन् ।
हाल भारतमा २ लाख ५५ हजार ५२५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
