
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ३७ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ७ लाख ३६ हजार ६८० जनामा कोरोना पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ३७ लाख ९१ हजार ८८२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार ४११ संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख २४ हजार ७६६ पुगेको छ ।
हालसम्म विश्वभर ५ करोड ९३ लाख १२ हजार ६६६ जना निको भएका छन् । गत २४ घण्टामा मात्र ४ लाख ५२ हजार ५८४ जना संक्रमणमुक्त भएका हुन् ।
हाल विश्वभर २ करोड २६ लाख ५४ हजार ४५० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ३६५ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ४ लाख ४५ हजार ६५४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड २१ लाख २५ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ५४ हजार २१५ पुगेको छ ।
हाल अमेरिकामा ७९ लाख ६५ हजार ६३३ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार २१४ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
