आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशका केही स्थानका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा शुक्रबार मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानका पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको हो ।

अहिले बिहान सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: