
जाजरकोट । जाजरकोटमा कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडी अज्ञात समूहले जलाएको छ ।
कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।
सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
