
पोखरा । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । शुक्रबार सुन प्रतितोला रु.४०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला रु. ९४ हजार ५०० कारोबार भैरहेको छ ।
बिहीबार सुन प्रतितोला रु. ९४ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला रु. एक हजार ३०० मा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
