नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति भेटिए?

Share:

काठमाडौँ । नेपालमा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

२४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा मात्र १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, कैलालीमा २९ जना, कास्कीमा २६ जना, बाँकेमा २३ जना, दाङमा १९ जना, ललितपुरमा १८ जना, झापामा १६ जना, भक्तपुरमा १५ जना, चितवनमा १३ जना, रुपन्देहीमा १२, जना, रसुवा र कञ्चनपुरमा ११/११ जना, मोरङमा १० जना, मकवानपुर र बाजुरामा ८ जना, सुनसरी र नवलपरासीमा ६/६ जना, कपिलवस्तुमा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

गुल्मी, पाल्पा, बर्दिया, डडेल्धुरामा र दार्चुलामा ४/४ जना, गोरखा र तनहुँमा ३/३ जना, पर्सा, सप्तरी, सर्लाही, नुवाकोट, स्याङजा, लमजुङमा २/२ जना तथा इलाम, ओखलढुंगा, धनकुटा, बारा, रौतहट, काभ्रे, दोलखा, धादिङ, सिन्धुली, नवलपरासीमा पूर्व, म्याग्दी, बाग्लुङ, अर्घाखाँची, प्युठान, रोल्पा, कालिकोट, रुकुम पश्चिम र सुर्खेतमा १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८६४ पुगेको छ ।

हालसम्म २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७४८ जना संक्रमणमुक्त भएका हुन्।

हाल देशभर ६ हजार ४८ सक्रिय संक्रमित रहेका छन् । २ सय ३४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २२५ परिक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: