आज ओली समूहको काठमाडौँमा बृहत कार्यकर्ता भेला, प्रचण्ड–नेपाल समूह दोस्रो चरणको आन्दोलनमा

Share:

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले आज (शनिबार) काठमाडौँमा ‘बृहत् कार्यकर्ता भेला’ गर्ने भएको छ ।

यस समूहको काठमाडौँ जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने बताइएको छ ।

काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओली, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित भएको नेकपाका दुवै समूहले देशका विभिन्न जिल्लामा भेला तथा प्रशिक्षण गर्दै आएका छन् ।

अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम समेत गर्दै आएको छ। यस समूहले संघर्ष समितिको बैठक बिहान ११ बजे बोलाएको छ ।

आजै प्रचण्ड–माधव समूहले देशव्यापी रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैै छ । दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: