
पोखरा । कास्कीका ३६ सहित गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ३६ जना रहेका छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाका २ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वतका २ जना र तनहुँ १ जनामा पनि कोरोना पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३ का ४० वर्षीय पुरुष, वडा नं.५ का १७, ३८ र ५४ वर्षीय पुरुष, वडा नं. ६ का ४० वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, वडा नं.७ का ३० वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.८ का ५१ र ६३ वर्षीय पुरुष तथा ६०, ६३, ३९ र ६३ वर्षीया महिला, वडा नं.१० की ७२ वर्षीया महिला, वडा नं. ११ की २५ वर्षीया महिला, वडा नं.१२ की ३५ वर्षीया महिला, वडा नं.१३ का ३४ र ३८ वर्षीय पुरुष तथा २९ र ५८ वर्षीया महिला, वडा नं.१४ का ३० र ३७ वर्षीया महिला, वडा नं.१५ का ७५ वर्षीय पुरुष तथा ७४ वर्षीया महिला, वडा नं.१७ का २८, ४९ र २९ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.१८ का ५४ वर्षीय पुरुष, वडा नं.१९ का ४८ वर्षीय पुरुष, वडा नं.२६ की ५० वर्षीया महिला, वडा नं.२७ का ३१ र ५५ वर्षीया महिला, अन्नपूर्ण गाउँपालिका वडा नं.६ का ६७ वर्षीय पुरुष तथा ६० वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।
यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ का ३४ वर्षीय पुरुष तथा ५३ वर्षीया महिला एवं तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.६ की ७० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६७० पुगेको छ ।
