पोखरामा थप १५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो कास्की जिल्लाको पोखरा महानगरपालिकाका ९ वटा वडाका १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

पोखरा महानगरपालिका वडा नं. ५ का ३४ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.६ का २८ वर्षीय पुरुष तथा ८१ वर्षीया महिला, वडा नं.८ की ५२ वर्षीया महिला, वडा नं.१० का ३७ र ४५ वर्षीय पुरुष, वडा नं.१२ की १८ वर्षीया महिला, वडा नं.१४ का ८५, ५१ र ५३ वर्षीय पुरुष, वडा नं.१६ का १७–१७ वर्षीया महिला, वडा नं.१७ का ४० वर्षीय पुरुष एवं वडा नं.३२ का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६८५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: