
पोखरा । पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका ७ की ८२ वर्षीय महिलाको शनिबार बेलुका ७ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
ती महिलालाई पुष १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिलामा कोभिड सँगै न्युमोनियाको समस्या रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
