कास्कीका १३ र तनहुँका थप १ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो कास्कीका १३ जना र तनहुँका १ जना गरी १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कास्कीमा नयाँ संक्रमण पुष्टि हुने सबै पोखरा महानगरपालिकाका हुन् भने तनहुँका संक्रमित भिमाद नगरपालिाकाका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ५ की २८ वर्षीया महिला, वडा नं.७ का ३६ वर्षीय पुरुष वडा नं.८ का ३९ वर्षीय पुरुष, वडा नं.१० का २१ र २९ वर्षीया महिला, वडा नं.११ का ३१ र ४१ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.१४ की ४१ वर्षीया महिला, वडा नं.२६ की ३३ वर्षीया महिला, वडा नं. ३० का ३२ र ३९ वर्षीया महिला र वडा नं. ३२ का ३२ वर्षीय पुरुष एवं तनहुँको भिमाद नगरपालिका वडा नं. ६ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६९९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: