कोरोना: देशभर ४२१ जनामा संक्रमण, ६३७ संक्रमणमुक्त, ८ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

गत २४ घण्टामा १७५ महिला र २४६ पुरुष गरी ४२१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।

संक्रमितमध्ये हालसम्म २ लाख ५४ हजार ४९४ जना निको भएका छन् । गत २४ घण्टामा ६३७ जना संक्रमणमुक्त भएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७८ पुगेको छ।

हाल देशभर ५ हजार ४८७ जना सक्रिय संक्रमित छन्। हाल ३६७ जना क्वारेन्टीनमा छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८०० नमुना परीक्षण भएको छ भने हालसम्म नेपालमा १९ लाख ४८ हजार ५०२ परीक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: