
पोखरा । देशभरको मौसम सोमबार सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले बदली हुनेछ ।
अहिले बिहान देशभर सामान्य बदली रहेको छ।
सोमबार दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू–भागका केहि स्थान तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
