
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ५४ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा ५ लाख १० हजार १५३ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ५४ लाख ९४ हजार ६९९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४ लाख ४३ हजार ६५६ पुगेको छ । गत २४ घण्टामा ३ लाख ४९ हजार ४८२ जना निको भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ९९ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख ५० हजार २११ पुगेको छ ।
हाल विश्वभर २ करोड ३२ लाख ८३२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार २२ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५२८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड २४ लाख ३६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ ।
हाल अमेरिकामा ८३ लाख १६ हजार ४९२ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ३६४ गम्भिर बिरामी रहेको वल्र्डाेमिटर्सले जनाएको छ ।
