भारतमा थप १६ हजार ६६० जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी मुलुक भारतमा थप १६ हजार ६६० जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा ९९ लाख ४६ हजार १३१ जना निको भएका छन् । गत २४ घण्टामा १९ हजार ६०४ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २१५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ६८६ पुगेको छ ।

हाल भारतमा २ लाख ४५ हजार ४७४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोना संक्रमणबाट भारत विश्वकै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: