
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुम्बई प्रस्थान गर्दै छन् ।
उनी पत्नीको उपचारका निम्ति सोमबार (आज) बिहान ११ बजेको उडानबाट मुम्बई जान लागेका हुन् ।
सीताको साथमा प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । केही दिनअघि उनको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि मुम्बई लैजानुपर्ने अवस्था आएको बताइएको छ ।
सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
