मादीका लेखनाथ अधिकारी दुई सातादेखि बेपत्ता

Share:

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बेपत्ता भएका छन् ।

गत पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हालसम्म घर नफर्केपछि परिवारजनले उनको खोजीका लागि सम्पूर्णमा अनुरोध गरेका छन् ।

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले जानकारी दिए ।

खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको उनले बताए ।

धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन् । कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९८५११०७२०५, ९८४६०८८४०५ मा सम्पर्क गर्न परिवारजनले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: