पोखराका २७ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २७ सहित गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो प्रदेशका ७ वटा जिल्लाका ३६ जनामा कोरोना संक्रमण भएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २७ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ, लमजुङ र पर्वतका २/२ जना, म्याग्दी, स्याङ्जा र तनहुँका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ५७ वर्षीय पुरुष तथा १६, ४९ र ५१ वर्षीया महिला, वडा नं.४ का ६४, २०, २९, ३२ र ६७ वर्षीय पुरुष तथा २३ र ८८ वर्षीया महिला, वडा नं. ५ का २७ वर्षीय पुरुष, वडा नं.६ का २६ वर्षीय पुरुष, वडा नं. ८ की २३ वर्षीया महिला, वडा नं.९ का २६–२६ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.१० का ७५ र ३५ वर्षीय पुरुष, वडा नं.११ का २७ वर्षीय पुरुष तथा ३२, ६२ र ६३ वर्षीया महिला, वडा नं.१३ का ५६–५६ वर्षीय पुरुष, वडा नं.१५ का ५० वर्षीय पुरुष तथा १९ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यस्तै, बाग्लुङको काठेखोला वडा नं. १ की ४१ वर्षीया महिला, वडा नं.२ की ५८ वर्षीया महिला, लमजुङको मध्यनेपाल वडा नं.३ का ४८ वर्षीय पुरुष, बेशीसहर वडा नं.११ का ५५ वर्षीय पुरुष, पर्वतको कुश्मा वडा नं.५ का ५६ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, म्याग्दीको बेनी वडा नं.७ का ५४ वर्षीय पुरुष, स्याङ्जाको आँधिखोला वडा नं.४ का ६९ वर्षीय पुरुष, तनहुँको व्यास वडा नं.२ का ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८४७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: