नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप ४०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४४ महिला र २६५ पुरुष गरी ४०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ४९५ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।

हाल देशभर ५ हजार १३३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६०८ जनाको होम आइसोलेसनमा छन् भने १९७ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा ३४२ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा ६ हजार ७०६ नमुना परिक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: