
पोखरा । देशको पहाडी भु–भागमा बिहीबार (आज) आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले थोरै स्थानमा बदलीको सम्भावना भएको हो ।
अहिले बिहान देशको केहि पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदुरपश्चिम प्रदेश र प्रेदश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राति प्रदेश १ र सुदुर–पश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
