
पोखरा । विश्वभर गत २४ घण्टामा थप ७ लाख ८१ हजार १०३ कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।
योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ७६ लाख १९ हजार ७५१ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ६ करोड ३१ लाख १९ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ५ लाख २२ हजार १९९ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १४ हजार १२६ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १८ लाख ८९ हजार ५६१ पुगेको छ ।
हाल विश्वभर २ करोड २६ लाख १० हजार १९१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार ४३ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३० लाख २४ हजार १४२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ६९ हजार ९९० पुगेको छ ।
हाल अमेरिकामा ८४ लाख ६३ हजार ४८४ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ३५ गम्भिर बिरामी रहेका छन् ।
