
पोखरा । छिमेकी देश भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ करोड नाघेको छ ।
गत २४ घण्टामा थप १९ हजार ६६२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ करोड १६ हजार १६३ पुगेको हो ।
यस्तै, भारतमा थप २० हजार ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३ लाख ९५ हजार ९३८ पुगेको छ ।
हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २२१ संक्रमितको मृत्यु भएको हो ।
हाल भारतमा २ लाख २९ हजार ४०३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
