
काठमाडौँ । देशभर थप ४१२ जनामा कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १८२ महिला र २३० पुरुष गरी ४१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १९०३ पुगेको छ ।
हालसम्म नेपालमा २ लाख ५६ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४८३ जना निको भएका हुन् ।
हाल देशभर ५ हजार ५८ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ३४२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १३२ नमुना परिक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ परिक्षण भएको छ ।
