आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । शुक्रबार देशका केही स्थानमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान प्रदेश १ को पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको छ र तराईका क्षेत्रमा हुस्सु् र कुहिरो लागेको छ । बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम आंशिक बदली रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: