
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १४ हजार ६७० जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १९ लाख ५ हजार ५४२ पुगेको हो ।
यस्तै गत २४ घण्टामा थप ८ लाख २० हजार ७७१ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको कुल संख्या ८ करोड ८४ लाख ७९ हजार ९८६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ६ करोड ३५ लाख ९७ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४ लाख ६४ हजार २२ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड २९ लाख ७७ हजार १२० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार २९२ गम्भिर बिरामी छन् ।
सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३१ लाख ४३ हजार ३१७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार १२४ पुगेको छ ।
हाल अमेरिकामा ८६ लाख १४ हजार ६०४ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार ३४ गम्भिर बिरामी रहेका छन् ।
