भारतमा थप १८ हजार १०६ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी देश भारतमा थप १८ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४ लाख १४ हजार ४४ पुगेको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ६०६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २३४ संक्रमितको मृत्यु भएको हो ।

यस्तै, गत २४ घण्टामा थप २० हजार ५५९ जना निको भएको छ । योसँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या १ करोड ३६ हजार ७२२ पुगेको छ ।

हाल भारतमा २ लाख २६ हजार ७१६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

भारत हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: