प्रधानमन्त्री ओली धनगढी जाँदै

Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज कैलालीको धनगढी जाँदैछन् । नेकपा सुदूरपश्चिमले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री जन लागेका हुन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ ।

प्रधानमन्त्री ओली आउने भएपछि धनगढीको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । धनगढीको चोक–चोकमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै कैलालीमा झण्डै डेढ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । सभास्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न वा लगाउन प्रतिबन्ध लगाइएको छ ।

संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: