
पोखरा । संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारको विरुद्धमा नेपाली काँग्रेस क्षेत्र नं २ (क) प्रदेशको आयोजनामा बृहत विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको छ ।
कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा सो प्रदर्शनको आयोजना गरिएको सभापति बिजयराज आचार्यले बताए ।
उक्त प्रदर्शनलाई सफल पार्न सम्पुर्ण प्रजातन्त्रप्रेमी, नागरिक समाज लागायतका व्यक्तिहरुको वृहत सहभागिताका लागि समेत आचार्यले आग्रह गरे ।
यही पुष २५ गते शनिबार बिहान ११ः३० बजे पोखरा–१७ विरौटा चोकमा आयोजना गरिने सो सभालाई केन्द्रिय स्तरका काँग्रेस नेताले सम्बोधन गर्ने सचिव बर्षाकेशव पराजुलीले जानकारी दिए ।
नेपाली काँग्रेसले देशैभर रहेर ३३० प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको हो । पोखरा १७ विरौटा क्षेत्रमा आयोजना गरिने कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको वडा नं १७ का सभापति देवराज आचार्यले बताए ।
