पोखरामा थप एक कोराना संक्रमित महिलाको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १२ की ६२ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।

यही पुष २१ गते कोरोना पुष्टि भएकी ती महिलाको बिहिबार राति ११ः४७ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती महिलामा न्युमोनिया र मधुमेह लगायतको समस्या समेत रहेको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: