गण्डकीमा थप ३१ जनामा कोरोना संक्रमण

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ३१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा तनहुँका ११ जना, बाग्लुङका ९ जना, कास्कीका ६ जना, लमजुङका ३ जना र स्याङ्जाका २ जना रहेका छन्।

तनहुँको शुक्लागण्डकी वडा नं. १ का ६५ वर्षीय पुरुष, भिमाद वडा नं. ३५ वर्षीय पुरुष, वडा नं. ४ का ६६ वर्षीय पुरुष, वडा नं. ६ का १५, ३२ र ८३ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं. ७ का ४४–४४ वर्षीया महिला, वडा नं. ८ का २७ वर्षीय पुरुष तथा ७८ वर्षीया महिला, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ की ३७ वर्षीया महिला, वडा नं. २ का ३७, ४७, ४६, ३७, ३६, २३, २९ र ३८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

यस्तै, कास्कीको पोखरा महानगरपलिका वडा नं. ५ का ३० वर्षीय पुरुष तथा २८ वर्षीया महिला, वडा नं. १४ का ५७ वर्षीय पुरुष, वडा नं. १७ की २४ वर्षीया महिला, वडा नं. २९ का ५१ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, लमजुङको सुन्दरबजार वडा नं. ६ की २१ वर्षीया महिला, वडा नं. १० का १५ वर्षीय पुरुष तथा १७ वर्षीया महिला एवं स्याङ्जाको अर्जुनचौपारी वडा नं.४ का ४९ वर्षीया महिला र हरिनास वडा नं.६ का ७७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ९२२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: