
पोखरा । शुक्रबार पोखराका २० सहित गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका ४६ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २० जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँका १२ जना, बाग्लुङका ९ जना, लमजुङका ३ जना र स्याङ्जाका २ जनामा पनि कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ९२२ पुगेको छ ।
यसैगरी शुक्रबार गण्डकी प्रदेशमा थप एक कारोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १२ की ६२ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा बिहिबार राति ११:४७ बजे मृत्यु भएको हो ।
यही पुष २१ गते कोरोना पुष्टि भएकी ती महिलामा कोरोना सँगै न्युमोनिया र मधुमेह लगायतको समस्या समेत रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टामा थप ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित गण्डकीमा कोरोना निको हुनेको संख्या १३ हजार ९८५ पुगेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा २५५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २२ हजार ७३४ परिक्षण भएको छ ।
