देशभर थप ५५४ जनामा कोरोना पुष्टि, ५८५ संक्रमणमुक्त

Share:

पोखरा । देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८८ महिला र ३६६ पुरुष गरी ५५४ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ५८५ जना निको भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १९०९ पुगेको छ ।

हाल देशभर ५ हजार २१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५६१ जनाको होम आइसोलेसनमा छन् भने १८२ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल क्वारेन्टीनमा ३३८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २६९ परिक्षण भएको छ भने हालसम्म १९ लाख ७४ हजार ५६१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: