विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ९३ लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ८ करोड ९३ लाख नाघेको छ ।

वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख २६ हजार ३६५ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ८ करोड ९३ लाख ३७ हजार ७६६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ६ करोड ३९ लाख ९८ हजार २६८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ३ लाख ९८ हजार २३८ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १४ हजार ७८८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १९ लाख २० हजार ९७१ पुगेको हो ।

हाल विश्वभर २ करोड ३४ लाख १८ हजार ५२७ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार ८८९ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड २४ लाख ५६ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३२ लाख ५९ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ७८ हजार १४९ पुगेको छ ।

हाल अमेरिकामा ८८ लाख १८ हजार ८०४ सक्रिय संक्रमित छन् । ती मध्ये २९ हजार १०४ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: