
पोखरा । देशभर थप ३६२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५९ महिला र २०३ पुरुष गरी ३६२ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ६९९ जना निको भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १९१२ पुगेको छ ।
हाल देशभर ४ हजार ६८१ संक्रिय संक्रमित छन् । क्वारेन्टीनमा २६२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २८६ परिक्षण भएको छ भने हालसम्म १९ लाख ७८ हजार ८४७ परिक्षण भएको छ ।
