
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड ६ लाख नाघेको छ ।
वल्र्डाेमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख १२ हजार २१४ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको कुल संख्या ९ करोड ६ लाख ७६ हजार ३१४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ६ करोड ४८ लाख १ हजार २४५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ३ लाख ४३ हजार १७१ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ८३६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४८ पुगेको हो ।
हाल विश्वभर २ करोड ३९ लाख ३२ हजार ५२१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार ५३३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड २९ लाख १७ हजार ३३४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३४ लाख ८३ हजार ४९० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार २७५ पुगेको छ ।
हाल अमेरिकामा ९० लाख ५० हजार ५६९ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ९३१ गम्भिर बिरामी रहेका छन् ।
