मुस्ताङमा एक व्यक्ति मृत फेला

Share:

मुस्ताङ । मुस्ताङमा सोमबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ यासिर लेक निवासी ३५ वर्षीय टसि दोर्जे गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

आइतबार राति अन्दाजी ११ बजे आफ्नै भेडीगोठमा जाने भनि निस्किएका गुरुङ गोठमा नपुगेको र बिच बाटोमा झोला र टोपी फेला परेको भनि उनकी बहिनीले आज प्रहरीलाई खबर गरेकी थिइन् ।

खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा सोमबार दिउँसो ०१ः२५ बजे सोही गाउँ स्थित सियर लेकको भिरबाट अन्दाजी ५०० मिटर तल गुरुङलाई मृत फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: