घट्यो सुनचाँदीको मुल्य, कतिमा कारोबार भइरहेको छ?

Share:

पोखरा । सुनचाँदीको मुल्य सोमबार (आज) घटेको छ ।

आज सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: