
काठमाडौँ । देशभर थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १९२ महिला र २९६ पुरुष गरी ४८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
तीमध्ये नेपालमा २ लाख ५८ हजार ९६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप ५२७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या १९२७ पुगेको छ
हाल देशभर ४ हजार ३७३ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २३७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा २४ घण्टाको अवधिमा ५ हजार ३०९ परिक्षण भएको छ भने हालसम्म १९ लाख ८७ हजार ५५५ परिक्षण भएको छ ।
