
पोखरा । सोमबार पोखराका १३ सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ४० जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वत र नवलपुरका ९/९ जना, बाग्लुङका ४ जना, म्याग्दीका २ जना तथा गोरखा, तनहुँ र लमजुङका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा कोरोना मुक्त हुनेको संख्या १४ हजार १३२ पुगेको छ ।
हालसम्म गण्डकीमा १९६ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।
हाल प्रदेशभर ६७२ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गण्डकीमा गत २४ घण्टामा २१५ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २३ हजार २७१ परिक्षण भएको छ ।
