
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पाटी नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् ।
सोमबार दिउँसो प्रचण्ड र नेपालसहित केही शिर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेको हो ।
सवोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको स्रोतले जनाएको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ ।
सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो ।
