
पोखरा । देशका केही स्थानमा बदली रही बाँकी क्षेत्रमा मंगलबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।
अहिले बिहान देशको पहाडी भागमा भू–भागमा आंशिक बदली रहेको छ।
मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ।
साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भु–भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
