विश्वभर ९ करोड १३ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ करोड १३ लाख ४ हजार ७७३ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

गत २४ घण्टामा मात्रै थप ५ लाख ७८ हजार ४२१ संक्रमित थपिए हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९ हजार २१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १९ लाख ५२ हजार १५३ पुगेको हो ।

हालसम्म विश्वमा ६ करोड ५२ लाख ७४ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ४ लाख ५७ हजार ३१४ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ४० लाख ७८ हजार १५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार ७५७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ३१ लाख ४३ हजार १९७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ३६ लाख ८० हजार ४६१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ८५ हजार २४९ पुगेको छ ।

हाल अमेरिकामा ९० लाख ७७ हजार ४८७ सक्रिय संक्रमित छन् । ती मध्ये २८ हजार ८२६ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: