
पोखरा । मंगलबार पोखराका १६ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका १९ जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १६ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, तनहुँका २ जना र लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ७६ वर्षीया महिला, वडा नं. ५ का ५४ वर्षीय पुरुष तथा १३ वर्षीया महिला, वडा नं.६ का ३०, ३७, ३९ र ४० वर्षीया महिला, वडा नं.१५ का ५६ वर्षीया महिला, वडा नं.१७ की २४ वर्षीया महिला, वडा नं. १८ की ६३ वर्षीया महिला, वडा नं. २५ का ७० वर्षीय पुरुष, वडा नं. २७ की ४३ वर्षीया महिला, वडा नं.३० का ४२ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.३२ का ३५ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, तनहुँको शुक्लागण्डकी वडा नं. ५ का ४१ वर्षीय पुरुष, वडा नं. ११ का २९ वर्षीय पुरुष र लमजुङको राइनास वडा नं.६ की ४४ वर्षीया महिलामा पनि कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १९ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशभरबाट गत २४ घण्टामा ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार १७८ पुगेको छ ।
अहिलेसम्म गण्डकीमा १९६ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
हाल प्रदेशमा ६४५ जना सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा १७४ परिक्षण भएको छ भने हालसम्म १ लाख २३ हजार ४४५ परिक्षण भएको छ ।
